यो ब्लॉग हेर्ने सबैजनालाई मुरी मुरी धन्यवाद। श्री. श्रमिक रावल (Mr.Shramik Rawal) - यो ब्लग नेपाली, हिंदी र अंग्रेजी फिल्म सम्बन्धी छ ।

रविवार, 28 मार्च 2010

चुम्बनभन्दा चकलेट मीठो


अनुसन्धाताका चाख पनि अनेक-अनेक । बेलायती अनुसन्धातालाई जान्न मन लाग्यो, चकलेट मीठो कि चुम्बन ।

२० वर्षका युवायुवतीलाई अनुसन्धाताले चकलेट खान दिए, उनीहरूको मुटुको धड्कन र दिमागको संवेदनशीलता जाँचे ।

अर्को दिन उही जोडीलाई एकापसमा चुम्बन गर्न लगायो, फेरि पनि मुटुको धड्कन र दिमागको संवेदनशीलता जाँचियो ।

जाँचपछि अनुसन्धाताले घोषणा गरिदिए, 'चुम्बनभन्दा चकलेटले मुटुको धड्कन बढाउँछ, दिमागलाई संवेदशील बनाउँछ ।' वयस्कको मुटुको सामान्य धड्कन ६० हुन्छ भने चुम्बन गर्दा सयसम्म पुग्छ । तर, मुखमा चकलेट खेलाउँदा धड्कन एक सय ४० सम्म पुग्छ ।

यस्तो अनुसन्धान धेरै युवायुवतीमा गरेपछि मात्र अनुसन्धाताहरू यो निष्कर्षमा पुगेका हुन् । 'अब हामी विनासन्देह भन्न सक्छौँ, 'चकलेटजति मीठो चुम्बन हुनै सक्दैन,' बेलायती डाक्टर डेबिड लेबिसले भने ।

डा. लेबिसका अनुसार चकलेटमा हुने तत्त्वले आफैँमा मिठास दिन्छ भन्नेमा शंकै छैन, तर चलकेट मुखमा राखेर पगाल्दै रस निल्ने हो भने त यसले उत्पन्न गर्ने संवेदशीलता कैयौँ गुणा बढी हुन्छ ।

'चकलेटभित्र नसालु पदार्थ पनि हुन्छ, त्यसले दिमाग लठ्याउँछ भन्ने त थाहा थियो । तर, चुम्बन गरिरहेका युवकको भन्दा पनि बढी धड्कन बढाउँछ भन्ने पुष्टि हुँदा हामी आफँै आश्चर्यचकित छौँ,' अनुसन्धाता डा. लेबिसले भने ।

हुन त पुरुषभन्दा महिलाले बढी चकलेट मन पराउँछन् । तर, शरीरमा प्रतिक्रिया भने बराबरी नै हुन्छ । चुम्बन जसले गर्छ, उसलाई हरेकपटक पहिलेभन्दा आनन्द आउँछ । चकलेटले त त्योभन्दा पनि नयाँ अनुभूति गराउँछ भन्ने अनुसन्धाताहरूको दाबी छ ।

मनोविज्ञानविद्हरूले पनि यो तथ्यलाई पुष्टि गरेका छन् । उनीहरूका अनुसार चकलेटमा फिनालेथिलेमाइन तत्त्व हुन्छ, जसले मुटुको गति बढाउँछ र दिमागमा रोमान्स दिन्छ । त्यसैले त चकलेट खाने बालबालिका र महिला 'एडिक्ट' जस्तै हुन्छन् भन्ने उनीहरूको दाबी छ ।

बुधवार, 24 मार्च 2010

I love You

शनिवार, 13 मार्च 2010

कटरिनाकी बहिनीको एमएमएस


कटरिना कैफकी बहिनी इसाबेल एमएमएस स्क्यान्डलमा फसेकी छिन् । इसाबेल कैफजस्तै देखिने युवती संलग्न १० मिनेट लामो उक्त सेक्स टेप एमएमएसका रूपमा सार्वजनिक भएपछि युके र इन्डियामा इन्टरनेटमा सबैभन्दा बढी सर्च गरिने आइटमका रूपमा कटरिनाकी बहिनी इसाबेल नै भएकी छिन् । तथापि उक्त सेक्स भिडियोमा देखिएकी युवती इसाबेल हुन नसक्ने र अनुहार मात्र मिल्न गएको हुन सक्ने अनुमान पनि गरिएको छ । यद्यपि कैफनजिकका व्यक्तिहरूको टिप्पणीले भने यो अनुमान गलत हुन सक्छ । स्रोतका अनुसार उक्त भिडियो क्यामरिकर्डरद्वारा खिचिएको बुझिन्छ भने भिडियोमा पुरुषलाई स्पष्ट रूपमा देखाइएको छैन । इसाबेलको फिल्ममा एन्ट्रीका लागि अभिनेता सलमान खान र कटरिना स्वयंले उनलाई ग्रुमिङ पनि गरेको बताइन्छ ।

माइक्रोसफ्टको नया वेबकेम : Life Cam Webcam

हामीहरुले धेरै वेबकेम (Webcam) हरु देखेका छौ र तीमध्य माइक्रोसफ्टले नयाँ वेबकेम बजारमा ल्याएको छ। उक्त वेबकेमको नाम LifeCam Cinema रहेको छ। यो नयाँ वेबकेमको मदतबाट हामीले HD (High Quality) को विडियो इन्टरनेट मार्फ़त share गर्न सक्छौ। यो वेबकेम को Verticle Resolution 720 pixel र 30 frames per second मा दृश्य capture गर्न सक्छ। अहिले सम्मको वेबकैमको maximum resolution 960×70 pixels हुन्थियो तर LifeCam cinema को maximum resolution 1289×720 pixels छ। यो वेबकैम September 9 तीर बजारमा आउने भएको छ र येसको बजार मूल्य $८० पर्ने भएको छ।

रविवार, 7 मार्च 2010

शाहरूखले रुवाए फराह र जोनलाई


सम्भवतः तपाईं आमिर खान अभिनीत चलचित्र तारे जमिन पर हेरेर भावुक हुनुभएको थियो, तर तपाइर्ंलाई थाहा छैन होला, निर्देशक फराह खान र अभिनेता जोन अब्राहम भावुक बने र आँसु पनि झारे । चलचित्र तारे जमिन पर हेरेर होइन, किङ खान शाहरूख अभिनीत माइ नेम इज खान हेरेर । स्रोतका अनुसार चलचित्र हेरेर फराह खान भन्दा जोन बढी रोएका थिए । सँगै चलचित्र हेरेका फराहको भनाइलाई उद्धृत गर्दै स्रोतले जनाएको छ- जोनले आफ्नो आँसु पुछ्न फराहको साथमा रहेको सबै टिस्यु पेपर रित्याएका थिए ।

अतिथि तुम कब जाओगे ?


बलीउडमा यो साता एकै पटक पाँचवटा नयाँ चलचित्र प्रदर्शन हुँदैछन् । आज शुक्रबारदेखि प्रदर्शनमा आउने यी चलचित्रमध्ये हास्यप्रधान चलचित्र 'अतिथि तुम कब जाओगे ?' दर्शकले रुचाउने सम्भावना छ । अमिता पाठकले निर्माण गरेको यो चलचित्रको निर्देश्ान अश्विनी धीरले गरेका हुन् । राष्ट्रिय पुरस्कारप्राप्त कलाकारहरू अजय देवगण, कोंकणा सेन शर्मा तथा परेश रावलले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रका अभिनेता अजय देवगणका अनुसार यो चलचित्रमा सन् ७०-८० को दशकमा निर्माण भएका हास्यप्रधान चलचित्रको झझल्को पाउन सकिन्छ । चलचित्रको पटकथालाई नै पुराना हिन्दी चलचित्रको स्वरूप प्रदान गरिएको छ । चलचित्रमा परिस्थितिअनुरूपको हास्यदृश्य समावेश छ । चलचित्रको कथा अनुसार पुनीत -अजय देवगण) तथा मुनमुन -कोंकणा सेन शर्मा) विवाहित जोडी हुन् । उनीहरू मुम्बईमा सुखद जीवन बाँचिरहेका छन् । उनीहरूको जीवनमा त्यसबेला भुइँचालो जान्छ जब उनीहरूका टाढाका नातेदार चाचाजी -परेश रावल) उनीहरूको घरमा पूर्वजानकारी बिना नै आइपुग्छन् । गाउँमा बसोबास गर्ने चाचाजी शहरी रहनसहनका सम्बन्धमा जानकार हुँदैनन् । पाहुना कम दिनका लागि मात्र राम्रा लाग्छन्, तर यी पाहुना त्यस्ता छन् जो गाउँ र्फकने नाम लिँदैनन् । उनलाई आफ्नो घरबाट निकाल्न पुनीत र मुनमुनले धेरै उपाय अपनाउँछन् जसबाट थुप्रै प्रकारका हास्यास्पद परिस्थिति सिर्जना हुन्छन् ।

शनिवार, 27 फ़रवरी 2010

Happy Holi 2066 and 2010



गुरुवार, 4 फ़रवरी 2010

तलको गीत सुन्नुहोस

- - Runna bhanthe
Found at abmp3 search engine

शुक्रवार, 29 जनवरी 2010

"यूटयूब" बाट विडियो कसरी आफ्नो ब्लगमा अपलोड गर्ने

मेरो बिचारमा धेरै साथिहरुको समस्या होला की आफ्नो ब्लग मा विडियो कसरी अपलोड गर्ने। त्यसैले मैले यसपालीको पोस्टमा त्यसै सम्बन्धी चर्चा गर्दै छु। विडियो अपलोड गर्नकोलागी पहिला :- click here मा click गर्नु होला। त्येसपछि सर्चबारमा आफुलाई मनपर्ने विडियोको नाम टाइप गर्नुहोला। त्येसपछि लिस्ट आएपछि विडियोलाई क्लिक गर्नुहोला। क्लीक गरिसकेपछि दाँया साइडमा Embed लेखिएको भित्रको Code लाई कपि गरेर Notepad मा पेस्ट गर्नुहोला। त्येसपछि आफ्नो ब्लग खोलेर ब्लगको Dashboard मा रहेको New Posting मा क्लीक गर्नुहोस। गरिसके पछि एउटा बक्स आउनेछ र तेस्मा Edit Html र Compose लेखिएको दुईओटा बक्स आउनेछ र Edit Html लेखिएकोमा क्लिक गर्नुहोस। क्लीक गरिसकेपछि अघि कपि गरेको Embed Code लाई New Post मा पेस्ट गर्नुहोस। अन्तमा Publish Post क्लीक गरेर View Blog मा क्लीक गर्नुहोस।






शनिवार, 16 जनवरी 2010

रोहित शेट्टी ले अहिले सम्म को सबै भन्दा महँगो गीत ल्येका छन.


रोहित शेट्टी भनेर सबैले ठुलो पर्दाको सबै भन्दा महँगो फिल्म फिल्मौछन भनेर सबैलाई थाहा भएको कुरा हो र उनले आफ्नो आउदै गरेको फिल्म ( All The Best) माँ अहिले सम्मको सबै भन्दा महँगो गीतको विडियो बाज़ारमाँ ल्येकाछ्न (All The Best..... All The Best ) उनले यो गीतमाँ ६ करोड़ लगाएकाछ्न। उनले अल बेस्ट भन्दा अगाड़ी गोलमाल,गोलमाल रिटर्न्स, सन्डे आदि पनी निर्देशन गरिशकेकाछन । यस फिल्ममा अजय देवगन, संजय दत्त, फरदीन खान, बिपाशा बासु, मुग्धा गोडसे मुख्य पात्रका रुपमा अभिनय गरेकाछ्न। यस फिल्मका निर्देशक रोहित शेट्टी र निर्माता अजय देवगन हुन।

आमिर खान को नया कीर्तिमान।


थ्री idiots (3 idiots)एउटा हिंदी चलचित्र हो । यो फिल्म को कहानी अंग्रेजी उपन्यासकार चेतन भगत को प्रसिद्द अंग्रेजी उपन्यास फ़ाइव प्वांइट समवन (Five Points To Someone) माँ आधारित छ। यो फिल्म को मुख्य कलाकार आमिर खान, करीना कपूर, र हूँन।फिल्म थ्री इडियट ले जम्मा ४ दिनमा १०० करोड़ को कमाई गरेर बॉक्स ऑफिस माँ एउटा नया कीर्तिमान कायम गरेको छ। यो फिल्म विश्व स्तरमा २१२६ माँ रिलीज गरिएको थियो।